पाएका कुराको कदर गर्न सिक्नुस, किनकी तपाईको जस्तो जिन्दगी अरुको सपना हुन सक्छ



१. गाली आकाशमा फालिएको एउटा ढुंगा जस्तै हो जुन फेरी फर्किएर आफै माथी आउछ ।

२. जसको आखामा घमण्डको पर्दा हुन्छ उसले न त अरुको गुण देख्छ न त आफ्नो बैगुण देख्छ ।

३. नराम्रो काम यसकारणले बढ्ने हैन कि त्यसमा धेरै बल छ, यसकारणले बढ्छ किनकि मान्छेले त्यसलाई सहने गर्छन् ।

४. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ ।

५. कहिले पनि अरुको छेउमा आफुले आफुलाई कमजोर साबित नगर्नुस किनकि डुब्न लागेको घामलाई देखेर मान्छेहरु आफ्नो घरको ढोका लगाउने गर्छन् ।

६. फुल जतिनै शुन्दर भए पनि प्रशंसा सधै त्यसको मिठो वास्नाको गरिन्छ, त्यसैगरीमान्छे जति नै ठुलो र राम्रो किन नहोस, प्रशंसा सधै त्यसको राम्रो गुणको गरिन्छ ।

७. घमण्ड रक्सि भन्दा ठुलो नशा हो, किनकि रक्सीले तिम्रो शरीरलाई मात्र हानी गर्छ तर घमण्डले त तिम्रो अस्तित्वलाईनै मेटाई दिन्छ ।

८. समस्याको बेला कसैले तिम्रो सुझाब माग्यो भने सुझाब सगै तिम्रो साथ् पनि दिनु किनकि सुझाब ले काम नगर्न पनि सक्छ तर तिम्रो साथले सधै काम गर्नेछ ।

९. जिन्दगीमा कहिल्यै पनि कसैलाई बेकार नसम्झनु किनकि बन्द भएको घडीले पनि दिनको दुइ पटक सहि समय बताउने गर्दछ ।

१०. सम्बन्ध जतिनै खराब किन नहोस, त्यसलाई तोड्ने नगर्नु किनकि पानी जतिनै धमिलो भए पनि त्यसले प्यास त नबुझाउला तर आगो अवश्य बुझाउने छ ।

११. सजिलै पाएको सम्बन्ध लामो समयसम्म टिक्दैन र लामो समयसम्म टिक्ने सफलता सजिलै पाइदैन ।

१२. जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु, बरु तपाई आफै राम्रो बन्ने कोशिस गर्नु, सायद तपईलाई पाएर कसैको खोज पो पुरा हुन्छ कि ।

१३. मान्छेबाट भुल हुनु प्रकृति हो, त्यसलाई स्विकार्नु संस्कृति हो र त्यसमा सुधार गर्नु प्रगती हो ।

१४. जो संग धैर्य छ र मेहेनत गर्न डराउदैन उसको सफलता निश्चित छ ।

१५. यदि लक्ष्यमा पुग्नु छ भने आफ्नो साथी आफै बन किनकि संगतीले तिमीलाई बहकाउने काम मात्र गर्ने गर्छ ।

१६. माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ, मान्छे त जति तल झुक्छ त्यति नै माथी उठ्ने गर्छ ।

१७. पाएका कुराको कदर गर्न सिक्नुस, किनकी तपाईको जस्तो जिन्दगी अरुको सपना हुन सक्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार