माओवादीका वडाअध्यक्षका उम्मेद्धार बने एमालेका पार्टी अध्यक्ष



झापा । झापाको कनकाई नगरपालिका ६ का गत सिजनका स्थानीय तहका माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्धार दिर्घ थापा एमालेको सोहि वार्डका वडाअध्यक्ष बनेका छन । शनिवार भएको पार्टीको अधिवेशनबाट थापाको नेतृत्वमा ३१ सदस्यीय एमाले वार्ड कमिटी गठन भएको हो । थापाले त्यसवेला समेत एमालेका उम्मेद्धारकै हाराहारीकै मत ल्याइदिदा सो वार्डमा कांग्रेस उम्मेद्धार बिजयी बनेका थिए । थापा केहि समयदेखि पार्टीको सम्पर्क बाहिर रहेको माओवादी केन्द्रका कनकाई नगर संयोजक विष्णु बिमलीले बताए ।

उर्लाबारी, ६ कात्तिक । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिबेशन अन्र्तगत आज उर्लाबारीका ४ वटा वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । उर्लाबारीमा आज वडा नम्बर ४,५, ८ र ९ को नयाँ नेतृत्व चयन गर्दै वडा अधिबेशन सम्पन्न भएका छन् । उर्लाबारी ५ मा संजिव सुवेदीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ ।

कमिटिको उपाध्यक्षमा राजन फुयाल, सचिवमा सम्झना खतिवडा आचार्य, सहसचिवमा कुमार सुबेदी र मेनुका गुरुङ सर्वसम्मत निर्वाचित भएको हो । अरु २६ जना सदस्य रहनुभएको छ । यस्तै नगर प्रतिनिधिमा डिल्लीप्रसाद काफ्ले, भिमप्रसाद भट्टराई, विशाल गुरुङ, रामप्यारी तामाङ, सुमन घिमिरे, सरोज पोख्रेल, गोविन्द सुबेदी, तिलक पाण्डे, हेमन्त भट्टराई, कमला भट्टराई, ज्ञानेन्द्र शाक्य, सुशिला पोडेल, योगराज लाबुङ र गुणराज भट्टराई सर्वसम्मत चयन हुनुभएको एमाले नेता चेतन सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार