हामीले गरेका आधा कामले नै गिनिज बुक भरिन्छ : ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा गरेका आधा कामले नै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स भरिने बताएका छन् ।

बुधबार बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै आफ्नो नेतृत्वको सरकारले गरेका आधा कामले नै गिनिज बुक भरिने उनले बताए । उनले भने, ‘हामीले गरेका आधा कामले गिनिज बुक भरिन्छ । हामीले एकैचोटी २ सय १० वटा सडक शिलान्यास गर्यौँ । यो सरकारले के गर्यौँ ?’

उनका अनुसार देश विकास एमालेले मात्र गर्न सक्छ अरु कसैले गर्न सक्दैन । ‘काम गर्न हुति चाहिन्छ । काम गर्न एमालेले मात्र सक्छ । आज म यो देश बनाउने मान्छे चिनाइदिन्छु । कस्ले बनाउछ यो देश रु,’ उनले भने ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार