
काठमाण्डाै – प्रहरीले बरामद गरेका मास्क (मुखावरण) तत्कालै बिक्री/वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्रहरीले बिक्री गरेकाे रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिनुभएको छ । कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले आइतबार कपन र सतुङ्गलबाट बरामद गरेको छ । यस्तै गएकाे शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद भएको थियो ।प्रहरीले बरामद गरेकाे मास्क प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरे पनि महान्याधिवक्ताको कार्यालयले ती मास्क तत्काल बेच्न निर्देशन दिएकाे हाे ।