कोरियामा भाषा परिक्षामा चिट चोर्ने २९ जना निस्कासित, कानुनी कारबाही हुने



काठमाडौं । कोरियाली भाषा प्रविणता परिक्षामा चिट चोरेका भन्दै २९ जना विदेशी परिक्षार्थी समातिएको परिक्षा आयोजक ले बताएका छन् ।नेशनल ईन्स्टिच्युट फर ईन्टरनेशनल एजुकेशन का अनुसार उनिहरुले परिक्षामा प्रतिबन्धित ईलेक्ट्रोनिक ग्याजेट,फोन हरु अन गरी चिट चोर्ने,पर्यवेक्षक को आदेशको अवज्ञा गर्ने जस्ता कृयाकलाप गरेको कारण परिक्षाबाट निश्कासन गरिएको बताएको छ।

आईतबार सिओलको खाङ्दोङ्ग जिल्लामा रहेको एक स्कूलमा कोरियन भाषा प्रविणता परिक्षा ‘टपिक’ दिने क्रममा उनिहरुले परिक्षा हलमा निशेध गरिएका विधुतिय सामाहरुको प्रयोग गरी चिटिङ गरेको भेटिएपछी उनिहरुको परिक्षा रद्द गरिएको थियो।

२९ जना मध्य १३ जना चिनिया नागरिक,९जना भियतनामी नागरिक,२ जना काजकिस्थान ,२ जना जापानी र २ जना कोरियन नागरिक समेत रहेको खाङ्गदोङ्ग स्कूल सिओललाई उदृध गर्दै कोरियाली समाचार संस्था दि कोरिया टाईम्स ले समाचार प्रकाशित गरेको छ। परिक्षा आयोजकका अनुसार उनिहरुले दिएको परिक्षा रद्द हुनुका साथै कानुन अनुसार कारवाही हुने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार