समय र शब्द यो दुबैलाई एकदमै बचाएर खर्च गर्नुहोला किनकि गईसकेपछि यी दुबै फर्केर आउदैनन्



१. समय र शब्द यो दुबैलाई एकदमै बचाएर खर्च गर्नुहोला किनकि गईसकेपछि यी दुवै फर्केर आउदैनन् ।

२. भोकमरिले मर्ने लागेको बालक लासमाथी पैसाको माला देखेर खुसी भयो, मरेपछि पैसा आउने रहेछ भनेर ।

३. आज भोली मित्रता एक हजारको नोट जस्तै भएको छ बिचार गर्नुहोला, कतै नक्कली त हैन जो अन्त्यमा गएर
धोका दिने ।

४. न कसैको अभावमा छु, न कसैको प्रभावमा छु । दिनहरु काट्ने यति मुस्किल छ, सायद म आफै जिन्दगीको
दबाबमा छु ।

५. जो मान्छेल गल्ति गर्दैन त्यो मान्छे होइन, तर जो मान्छेले बारम्बार एकै गल्ति दोहोर्याई रहन्छ भने त्यो झनै मान्छे
होइन ।

६. माया गर्ने आट गरिसकेपछि सम्बन्ध टिकाउने औकात पनि राख्नुपर्दछ ।

७. यो कलियुग हो, यहाँ घडी एउटालाई दिएर समय अर्कोलाई दिने चलन छ ।

८.आजकलको सम्बन्धमा मान्छेहरु यस्ती सम्म घमण्डी हुन्छन् कि बरु टुट्नको लागि तयार हुन्छन् तर सम्बन्धको
लागि झुक्न सक्दैनन् ।

९. जुनकिरीको के अर्थ यहा जुन पाएपछि, चादी कसले लगाउछ र यहाँ सुन पाएपछि ।

१०. जब नङ बढ्छ तब नङ काटिन्छ औला होइन, त्यसैगरी सब सम्बन्धमा शंका बढ्छ तब शंका काटिनु पर्छ
सम्बन्ध होइन ।

११.अरुले भनेको हरेक कुरालाई यदि मनमा लिन थाल्नु भयो भने जिन्दगी भर रुनु पर्ने छ, त्यसैले सबैको कुरा सुन्नु
तर मनमा त्यहि कुरा लिनु जुन तपाईको मनले भन्ने गर्छ ।

१२. तिमी र म टाढा भयौ घाम अनि जुन झैँ, भेट हुन नपाइ मर्छौ कि मुना अनि मदन झैँ ।

१३. अक्सर आजभोली सम्बन्ध गलत मान्छेले होइन, गलत बुझाइले टुट्ने गर्दछ ।

१४. आफु सुतेपछि संसारनै सुत्छ भन्नु अहंकार हो, आफुलाई शक्ति सर्वमान मान्नु नै अहंकार हो, यदि सफलता
चुम्नु छ भने आफु सुतेपछि यो संसार चलिरहेछ भन्ने सोच्नुपर्दछ ।

१५. जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हर्दा राम्रो देखिन्छ तर एक्लै छ ।

१६. तिमी निराश नहोउ, कमजोर तिम्रो समय हो, तिमी होइन ।

१७. साधारण जीवन भएका मान्छे सुखी हुदैनन् तर खुशी अवश्य हुन्छन् ।

१८. आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ ।

१९. जिन्दगीमा घाउ अनगिन्ति हुन्छन् तर दुखाई त्यसको असहाय हुन्छ जुन आफ्नाले दिएका हुन्छन् ।

२०. दोष दिएर समस्या बाट छुटकारा लिन सकिदैन, बरु जिम्मेवारी उठाएर अलिकति कम भने पक्कै गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार