प्रस्ताव होइन विश्वाश लिएर आउ, यो जिन्दगि नै तिम्रो नाममा गरिदिन्छु



१. तिमी जिन्दगीको एउटा यस्तो मुस्कान हो, जसले हजार दुखमा पनि बाच्ने शाहस दिन्छ ।

२. थाहा छैन कति बाँचिन्छ, जति दिन बाँचिन्छ उसकै यादमा बाँचिन्छ ।

३. मुस्कुराउन जो संग पनि सकिन्छ, तर रिसाउँन चाहि मनको नजिकको मान्छे नै चाँहिदो रहेछ ।

४. याद त उसको आउँदो रहेछ, जसले पटक–पटक मन दुखाएर जान्छ ।

५. तिमी संग अनलाइनमा कुरा गर्दा पुर्णिमाको जुन जस्तो हुन्छ मेरो जीवन, तिमी बिना हरेक पल सुनसान लाग्छ,
जीवनमा के हराए जस्तो(के गुमाए जस्तो, सायद तिमी टाढा भएर होला ।

६. आफ्ना संग यति धेरै पनि नरिसाउनुस् कि पछी गएर बोल्नका लागि वाक्य हैन बहाना खोज्नु परोस् ।

७. सम्बन्ध पनि स्वार्थ भित्र लुकेको हुन्छ, जहाँ स्वार्थ पुरा भयो त्यहाँ सम्बन्ध आफैँ हराएर जान्छ ।

८. गल्ति त मैले नै गरेको हो, तिमी धनको पछी लाग्यौ र म मायाको पछी लागेँ ।

९. माया पनि कति अनमोल छ है, एकैछिन छाती फुटाएर रुन मन लाग्छ अनि सबैको अगाडी माया के हो भनेर
सोध्न मन लाग्छ ।

१०. आफु नै साँचो र सत्य छैन भने यो स्वार्थि दुनियाँमा खोजेर केहि पाइने छैन ।

११. बाँचुन्जेल दुश्मनी कसैसंग नगर, मरेपछि सम्झिने कोहि हुँदैन ।

१२. यहाँ ऋणले थिचेको र भाग्यले मिचेकालाई कसैले गन्दा रहेनछन् ।

१३. भोली बाँचिन्छ कि मरिन्छ थाहा हुदैन तर पनि मानिसहरु अलराम लगाएर सुत्छन्, शायद यसैलाई भनिन्छ
आशा ।

१४. कुनै पनि गल्ति मान्छेले दुइपटक गर्न सक्दैन, यदि गर्छ भने उसको गल्ति नै होइन, त्यो त उसको इच्छा हो
भनेर बुझ्नुहोस् ।

१५. हाम्रो सफलतामा नराम्रो मान्छेहरुको नै सबैभन्दा धेरै हात रहेको हुन्छ किनकि उनीहरु गल्ती देखाउँदै जान्छन्
र हामी सुधार्दै जान्छौँ ।

१६. प्रस्ताव होइन विश्वाश लिएर आउ, यो जिन्दगि नै तिम्रो नाममा गरिदिन्छु ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार