घमण्ड नगर्दा हुन्छ हामी पृथ्वीको पाहुना हो मालिक होइन !



१. जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ ।

२. कहिले पनि कुनै चिजको पर्खाइमा नबस्नु किनकि जिन्दगी तपाईले सोचेको भन्दा धेरै छिटो दौडिने गर्छ ।

३. आजको युगमा जो सबैभन्दा कम बोल्न सक्छ उसैले आफ्नो इज्जतलाई सबै भन्दा लामो समयसम्म बचाउन सक्छ ।

४. जुन दिन मान्छेले अरुको मन संग खेल्न छोडीदिन्छ, त्यहीबेला बाट यो दुनियामा कुनै पनि सम्बन्ध अधुरो रहने छैन ।

५. जो मान्छेहरुले तपईलाई दौडेर हराउन सक्दैनन्, ति मान्छेहरुले तपाईको मनलाई तोडेर हराउने कोसिस गर्ने छन्, त्यसैले आफ्नो मनलाई बलियो बनाउनुहोस् ।

६. याद राख्नुस, तपाईको मन एकदमै मुल्यवान छ त्यसैले मनमा तिनीहरुलाई मात्र ठाउ दिनु जो तपाईको मनमा रहनको लागि लायक छन् र तपाईको मनको कदर गर्छन् ।

७. जो मान्छेले जिन्दगीमा हद भन्दा हद पिडा पाएको हुन्छ त्यो मान्छे कहिल्यै रुँदैन, बस चुपचाप बस्ने गर्छ किनकि उसले रुँदारुँदा पीडालाई जितिसकेको हुन्छ ।

८. धोका, छलकपट, भ्रष्टाचार बाट कमाएको पैसाबाट तपाईले जति नै ठुलो पुण्यको काम गर्नुस तर पुण्य तपाईले होइन उसले पाउछ जसको त्यो पैसा हो ।

९. यदि सर्प घरमा पस्यो भने त्यसलाई डण्डाले हानेर मारिन्छ तर त्यहि साप एउटा शिबको मुर्तिमा गएर बस्यो भने त्यसलाई दुध खुवाइन्छ, त्यसैले भ्रम बाहिर हैन मान्छेको दिल र
दिमागमा हुने गर्दछ ।

१०. आज हामीले अरुलाई जे दिन्छौ त्यो एक न एक दिन जिन्दगीले हामीलाई नै फर्काइ दिने गर्छ, चाहे त्यो हाँसो होस् या आँशु, त्यसैले दुख दिँदैछौं भने यो पक्का हुनु कि भोलिको दिन
तिम्रो दुखले भरिएको हुनेछ ।

११. आफुलाई बचाउनको लागि अरुलाई दोषी नबनाउनु किनकि सत्यलाई प्रकट गर्ने समय संग आफ्नै तरिका छ ।

१२. आफ्नो मनलाई समुद्र जस्तै बनाऊ, तब मात्र सानो तिनो नदीहरु तिमीलाई खोज्दै आउनेछन् ।

१३. असल मान्छे मात्र आफ्नो कर्मले चिनिन्छ किनकि राम्रो कुरा त नराम्रो मान्छेलाई पनि गर्न आउछ ।

१४. आज भोली मित्रता एक हजारको नोट जस्तै भएको छ बिचार गर्नुहोला, कतै नक्कली त हैन जो अन्त्यमा गएर धोका दिने ।

१५. आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ ।

१६. घमण्ड नगर्दा हुन्छ हामी पृथ्वीको पाहुना हो मालिक होइन ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार