इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर बराबरी खेले



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिभरपुल र सिटी २-२ गोलको बराबरी खेलेका हुन् ।

लिरभपुलका साडियो माने र मोहम्मद सलाहले गोल गरे भने सिटीका फिल फोडेन र केभिन डि ब्रुयनले बराबरी गोल फर्काए । चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले सलाहको पासमा गोल गरेका थिए ।

६९ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै १-१ को बराबरीमा ल्याए । उनले गाव्रियल जेससको पासमा गोल गरेका थिए । ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई पुनः खेलमा २-१ को अग्रता दिलाए । उनले कर्टिस जोन्सको पासमा गोल गरेका थिए । ८१औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै २-२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै लिभरपुल ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटीले १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार