आइतबारदेखि ७५ प्रतिशत क्षमतामा संचालन हुँदै दोहा मेट्रो !



दोहा । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो भएसँगै दोहा मेट्रोले आफ्नो सेवाहरु ७५ प्रतिशत क्षमतामा सञ्चालन गर्ने घोषणा गरेको छ । अक्टोबर ३ देखि दोहामा सञ्चालन हुने निर्णय मेट्रो, मेट्रोलिकं र मेट्रो एक्स्प्रेसको सेवाहरुमा सुचारु हुने बताइएको छ ।

“कोभिड-१९ नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध चरणबद्ध रुपमा खुकुलो भएसंगै हामी दोहा मेट्रो, मेट्रोलिंक, र मेट्रो एक्सप्रेसको सेवाहरु आइतबार अक्टोबर ३ तारिकबाट ७५ प्रतिशत क्षमतामा संचालन गर्दैछौं ”, दोहा मेट्रोले ट्विट गर्दै जानकारी दिएको छ । यसअघि मेट्रोहरु ५० प्रतिशत क्षमतामा संचालन हुँदै आएका थिए ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार