ओलीको देवत्वकरण : बाेतलमा समेत ओलीको तस्बिर !



ललितपुर । अहिले गोदावरीको सनराइज सम्मेलन केन्द्रमा नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ । महाधिवेशन भव्य रुपमा भइरहेको छ । महाधिवेशनमा उपस्थितहरुका लागि विभिन्न परिकारका खानाको व्यवस्था छ । मटन खाना खानेलाई मटन खाना, चिकेन खाना खाना खानेलाई चिकेन खाना र अन्य थुप्रै परिकारहरुको व्यवस्था गरिएको छ ।

खाना खाने वा महाधिवेशनमा उपस्थित भएकाहरुलाई प्यास मेट्नका लागि बोतलमा छुट्टै पानीको व्यवस्था गरिएको छ । तर, बोतल सामान्य छैन । बोतलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको लोगोलाई हेर्दै पानी पिउन पाइने छ ।बोतलको बाहिरी आवरणमा अध्यक्ष ओलीले हात हल्लाइरहेको देखिन्छ । फोटोसँगै लेखिएको छ–नेकपा एमाले प्रथम विधान महाधिवेशन ।

बोतलमा अध्यक्ष ओली अंकित रहेको मिनेरल वाटार गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको हो । बोतलको पानी १ लिटरको रहेको छ । कार्यक्रमको सुरुमा एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले ओलीअंकित बोतलको पानी झोलामा राख्न निर्देशन दिएका थिए । तर, उक्त बोतलमा अध्यक्ष ओलीको लोगो टाँसिएको फोटो सामाजिक सञ्जालमा आएपछि भाइरल भएको छ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार