परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भएपनि यसले लोकतन्त्र कमजोर पार्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताएका छन् । मंगलबार ९आज० सम्पादकहरुसँगको छलफलमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘अहिले कतिलाई हाइसन्चो छ । तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं ।’ यस अगाडि उनले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति पनि जनाएका थिए ।

अध्यक्ष ओलीले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै प्रश्न गरे, ‘यही हो अग्रगमन रु’ सरकारले गत भदौ २ मा संसदीय दल वा पार्टीको केन्द्री समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

सोही आदेश अनुसार नै एमाले विभाजन भएर माधव कुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी ९एस० गठन भएको छ । त्यस्तै जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।

सरकारले उक्त अध्यादेश सोमबार ९हिजो० खारेज गरिसकेको छ । अध्यक्ष ओलीले संघीय संसद चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भन्दै चलिरहेको संसद अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार