लिपुलेक भारतको हो : मुकुन्दे



काठमाडौं । नेपालमा यति सिमा विवादको विषय निकै चर्किएको छ । यसै क्रममा समसामयिक बिषयमा आफ्नो विचार प्रस्तुत गर्दै सामाजिक संजालमा आलोचना र चर्चामा आइरहने मुकुन्द घिमिरे मुकुन्देले सिमा विवादको बिषयमा कडा तरिकाले आफ्नो धारणा राखेका छन् । सामाजिक संजालमा मुकुन्देले लेखेको पोस्ट यतिबेला निकै चर्चामा छ । के लेखेका थिए मुकुन्दे ले ?हेर्नुहोस जस्ताको त्यस्तै उंहाको स्टाट्सहरु ।

हाम्रा बाउले ठूल्दाइ छुट्टिदा बाख्राको गोठै र सिरुबारी पाखो चरन नै अंश दिएका थिए, पछि दशैंमा दाजुले पनि पोषेको घोर्ले खसी बुबालाई कोसेली दिए, भारत माताले महाकाली पारी सर्लक्कै नेपाल छोरीलाई दाइजो दिइन्, पछि नेपालले पनि भारतलाई लिम्पियाधुरा कालापानी र लिपुलेक फिर्ता दिएको बुझिन्छ। कहिँ नभएका सीमाविद भनिनेहरु पन्चायतको नूनबेसारले केश फुलेका राजावादी खरदारहरु हुन्, उनीहरूकै मालिक महेन्द्रले किस्तीमा राखेर कालापानी भारतलाई कोसेली दिएका हुन्, भारतको नक्शालाई विरोधको भाषामा अनावश्यक बिज्ञापन गर्ने मण्डलेहरु चाहिदैन, भगवान जस्तो छिमेकी विरुद्ध घृणा फैल्याउन पाइदैन।

भारतको डरले को-को मान्छे कति-कति मात्रामा दुब्लाए? कालापानीमा इन्डियन आर्मी देखेर क-कसको सातो गयो? के यसको एक्कीन अध्ययन गर्न एउटा आयोग गठन गर्ने त? भगवान जस्तो छिमेकी भारतसँग डराउनु पर्दैन, उसको आह्रीसले दुब्लाउनु हुँदैन, महान हिन्दुस्थान र पवित्र हिन्दुराज्य आमाछोरी जस्ता हुन्। भारतमा आज हिन्दु मुस्लिम दंगा हुनसक्छ? यहाँ नेपालसम्म सामाजिक सद्भाव भंग हुनसक्छ, भत्कियो बाबरी मस्जिद ठडियो राम मन्दिर, जे जे भयो ठीकै भयो अदालतले त्यही भन्दिरा´।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार