मलेसियामा सम्पर्क बिहिन भनिएका मेचिनगरका निर्मल जेलमा।



क्वालालम्पुर । मलेसियामा मेचिनगर-३ झापाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको खबर सार्बजनिक भएपछि उनको अवस्था बारे जानकारी प्राप्त भएको छ।

अन्ततः निर्मल पोख्रेल मलेशियाको जेलमा रहेको पुष्टि भएको छ । सुरक्षागार्डमा अवैधानिक हैसियतमा कार्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमनको छापामा पर्दा उनी सहित अन्य ७ जना पक्राउ परेको जानकारी प्राप्त भएको हो ।

पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुका अनुसार डे शिफ्टको ड्युटी खटिएकै बेला निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिषयमा बिवाद भएपछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए । भने त्यसको केही घन्टा भित्रै अध्यागमनले घेरा हालेर उनिहरु लाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार