पल्सर १२५ नेपालमा बिक्री सुरु, यस्तो छ मुल्य र फिचर !



काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले १२५ सीसी नयाँ मोटरसाइकल नेपालको तराई क्षेत्रमा बिक्री सुरु गरेको छ । कम्पनीले नेपालमा नै एसेम्वल गरेको बजाज पल्सर १२५को बिक्री सुरु गरेको हो । तराई क्षेत्रलाई लक्षित गरेर सार्वजसनिक गरेको पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ कायम गरिएको छ । काठमाडौंमा भने केही समय पश्चात बिक्री सुरु गर्ने जनाइएको छ । यद्यपी काठमाडौंका केही डिलरले यो मोटरसाइकलको बुकिङ लिइरहेका छन् । योसँगै नेपालमा पल्सर सिरिजमा ५ मोडलको बिक्री वितरण हुँदै आएको छ । यी सबै पल्सर र पल्सर एनएस सिरिज नेपालमा नै एसेम्वल भइरहेका छन् ।

यस्तो छ पल्सर १२५
यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ । यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । यसले होन्डा सीबी साइन, यामाहा सलुटो तथा टीभीएस स्टाइकरसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार