ओलीले ‘मदन भण्डारीको श्रीमती भन्न हुने हो कि होइन’ भनेपछि…



काठमाडौं । मंगलबार मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीबारे धेरै कुरा बोले । कार्यक्रमा मन्तव्य राख्ने क्रममा अध्यक्ष ओलीले मदन भण्डारीको विचारदेखि संविधानमा मदन भण्डारीले पुर्याएको योगदानबारे आफ्ना थुप्रै धारणा राखे ।

मन्तव्यका बीचमा ‘अब मदन भण्डारीको श्रीमती भन्न हुने हो कि होइन त्यो त थाहा छैन’ भनेर ओलीले केही ठट्टा पनि गरे । ३३ प्रतिशत महिलाको हकमा मदन भण्डारीकै पहलमा आएको भन्ने सन्दर्भमा ओलीले यस्तो ठट्टा गरेका थिए । ‘अब मदन भण्डारीको श्रीमती भन्न हुने हो कि होइन त्यो त थाहा छैन’ भनेर अध्यक्ष ओलीले भन्दा कार्यक्रमम दर्शकदिर्घा हाँसेका थिए । मदन भण्डारीकै नेतृत्वमा २०४६ सालको जनआन्दोलन पनि सफल भएको उनले बताए । कांग्रेससँग मिलेर जनआन्दोलनको प्रारुप मदन भण्डारीकै नेतृत्वमा भएको पनि ओलीले विगतलाई सम्झिए ।

ओलीले कार्यक्रममा राखेका जस्ताको तस्तै छोटो मन्तव्य :
२०४७ कात्तिक २३ गते संविधान जारी भयो । त्यत्तिबेला खुलामञ्चमा मदन भण्डारीले बोल्दा २७ वटा आफ्ना टिप्पणीहरु यो यो कुराहरु संविधानमा कमी छ राख्नुपर्छ भनेर राख्नुभयो । त्यो कुरा २०६३ साल जेठ ४ गते आइपुग्दा ती कुराहरुलाई पुर्नस्थापित संसदले महशुस गर्न बाध्य भयो । र, ती कुराहरुलाई पारित गरिनुपर्छ भनियो ।

मदन भण्डारीका एउटा सुखद संयोग पनि छन् । सामाजिक अधिकार, न्याय समानता र महिलासम्बन्धी प्रश्नहरुलाई..(त्यसपछि केही रोकिएर) अब मदन भण्डारीको श्रीमती भन्न हुने हो कि होइन त्यो त थाहा छैन । तर, एउटा संयोग के हो भने विद्या भण्डारीजी जो मदन भण्डारीको श्रीमती पनि हुनुहुन्छ । उहाँले नै पुर्नस्थापित संसदमा ४ वटामा बुँदमा पेश गर्नुभयो, सर्वदलीय सहमती जुटाएर । र, ३३ प्रतिशत महिला सहभागिता, महिलाहरुको अन्य पक्षहरु, अंश, वंश आदिका कुराहरु जस्ता कुराहरु उहाँ (मदन भण्डारी) कै नेतृत्वमा अघि बढाइएको थियो । जस्ले पछि संविधानमा स्थान पायो र अहिले समानताको आधारमा अघि बढ्दैछौँ ।

मदन भण्डारी सही विचार निर्माण गर्ने । उक्त विचारलाई लेखन र मौखिक ढंगले प्रस्तुत गर्नुहुन्थ्यो । मदन भण्डारीले बुझेको नेपाली समाजको स्थिती के हो ? यसलाई कसरी अघि बढाउनुपर्छ, पूराना शब्दावली घोकेर, रटेर तिनको पुनरोक्ति गरेर, तिनको उच्चाहरण र उद्धरण गरेर परिवर्तन हुँदैन । परिवर्तन मौलिक ढंगले हुन्छ । आफ्नो परिस्थितीअनुकूल हुन्छ । कहिलेकाहीँ योचाहीँ परिवर्तन गर्छाै भनेर आउँछन् त्यो बेतुकको कुरा हो । विचार दिन्छु भनेर दिइने होइन । व्यवहारका क्रममा परिस्थितीले निर्धारण गर्छ । यदि हामीले परिस्थितीलाई हामीले ठीक ढंगले विश्लेषण गर्न सक्यौ, चिर्न सक्यौ, समस्या चिन्न र समाधान गर्न सक्यौ भने नयाँ विचारहरु आउने हुन् ।

नयाँ विचार केही निकालौ न हैँ भनेर यसो घोत्लिएर कविता लेख्ने हो र ! नयाँ विचार भन्या । त्यो सजिलो कुरा होइन । एउटा युगले माग गरिरहेको हुन्छ र त्यो मागलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यो मात्र विचार होस् । त्यसैगरी जननेता मदन भण्डारीले त्यहीँबाटोबाट अघि बढ्दै जाँदा जनताको बहुदलीय जनवादको विचार प्रतिपादन गर्नुभयो । मेरा मित्र मदनजि मभन्दा पाको हुनुहुन्छ, उमेरमा । उहाँको कुरामा कुनै असहमति जनाउन इच्छा छैन तर पनि कम्युनिष्टहरु पावर केन्द्रित गर्छन् भन्नेमा अलिकति असहमतिचाहिँ जनाउनुपर्छ जस्तो लाग्छ मलाई ।

कम्युनिष्टहरु दमनकारी हुन्छन् त्यसकारण फाटो भन्ने हुन्छ विचार पछौटेपन, आत्मस्वार्थमा केन्द्रित तर, देश र जनताप्रति केन्द्रित नहुने कुराबाट प्रकट हुन्छ । नेपाली कांग्रेभित्रबाट २००७ सालमा एक जना व्यक्तिल दुई पद लिनुहुन्न भन्ने आवाज निस्कन्छ । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र सभापति भएपछि एउटा हुनुपर्छ भन्ने जोड्दार माग उठ्यो । जसको अगुवाई वीपी कोइरालाले गरिरहनुभएको थियो । पछि वीपी प्रधानमन्त्री र सभापति हुनुभयो । उहाँले नेतृत्व एउटै व्यक्तिले गर्नुपर्छ नत्र कन्ट्राडिक्सन हुन्छ भन्नुभयो । त्यसैले यो राजनीतिक कहिले उता, कहिले यता फर्किन्छ । तर, मेरो विचार यता र उता फर्किनुहुन्न । पूर्वाग्रहरहित हुनुपर्छ ।

हामी अतिथी लोकतन्त्रावादी होइन, रैथाने लोकतन्त्रवादी हौँ । नेपाली कांग्रेसले कम सेक्रिपाइस गरेको छैन भन्दिन तर, कांग्रेसको गरेको सेक्रिफाइसचाहीँ सेक्रिफाइस हुने, हामीले गरेको सेक्रिफाइस केही नहुने भन्ने हुँदैन ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार