
साताको अन्मित दिन शुक्रबार बजारमा लसुनको भाउ ह्वातै घटेको छ । विश्वभर फैलिएको नोबोल कोरोना भाइरसका कारण आयात ठप्प हुँदा बढेको लसुनको भाउ शुक्रबार घटेको हो । कालिमाटी तरकारी तथा फलफुल बजारका अनुसार प्रतिकिलो ६ सय रुपैयाँ परेको लसुन शुक्रबार २५० मा किनबेच भइरहेको छ । आज सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० र पुदिना ३२० मा किनबेच भइरहेको छ । त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १४० लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ७० मा,किनबेच भइरहेको छ ।
त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ । त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।