जव उहान अस्पतालबाट अन्तिम बिरामी पनि घर फर्किए, भाइरल भयो डाक्टरको याे तस्वीर



एजेन्सी, ३० फागुन । चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा भने तिब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको संक्रमणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको लामो लाइननै लागेको थियो । वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समबेदनालाई बिचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा संक्रमित भएर भएर ज्यान समेत गुमाए । यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ । तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसको संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टरले दिएको प्रतिक्रिया देख्न सकिन्छ ।

अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेका छन् । र छेउछाउमा बिरामी राख्ने बेडहरु रित्ते देखिन्छन् । चीनमा गत बुधवारसम्मे कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१६९ पुगेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित भएको वुहानमा पहिलोपटक बुधवार एक जना मात्र संक्रमित भेटिएको पाइएको छ । युरोप अमेरिका लगायत शक्तिशाली मुलुकमा महामारी बन्दै गएको कोरोनाको संक्रमण चीनले कम गर्न सफल भएकोमा चीनकाे सराहना गरिएकाे छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार