नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो



काठमाडौं । नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ (एघार) हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ ९११००२० पुगेको हो ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्युदर करिब १.५ प्रतिशत, सक्रिय संक्रमित ३.३० प्रतिशत र निको हुने दर ९५.३० प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये ४०.५२ प्रतिशत महिला र ५९.४८ प्रतिशत पुरुष रहेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार