ओलीले पेलेपछि जंगिए रावल : दश बुँदे कार्यान्वयन नहुने भयो अब हामीले पनि सोच्ने बेला आयो



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भने आफूहरुले अब अर्कै सोच्नुपर्ने बताएका छन् । दश बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभएको अवस्थामा फरक ढंगले सोच्ने अवस्था आउने कुरा रावलले आइतवार आफूनिकट नेताहरुसँग राखेका हुन् । रावलले दश बुँदे कार्यान्वयन गरेर पार्टीलाई जेठ २ मा लगेपछि आफू सुदूरपश्चिम इन्चार्जमा पुनस्स्थापित हुनुपर्ने अडान लिएका हुन् ।

अध्यक्ष ओलीसँगआइतवार बालकोटमा भएको वार्तापछि उपाध्यक्ष रावलले १० बुँदे सहमतिमा समस्या देखिएको बताउँदै यदि त्यस्तो भएमा एमालेमा बसिरहन कठिन हुने कुरा पनि राखेका हुन्। रावलले सुदूरपश्चिमबाट आफूनिकट नेताहरु भानुभक्त जोशी र झपट रावलसहितसँग छलफल गरेका थिए । उनले छलफलका क्रममा दश बुँदै कुनै हालतमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै त्यसो हुन नसकेमा पार्टीमा फेरि समस्या आउने पनि उल्लेख गरेका छन् ।

‘उहाँ (भीम रावल)ले १० बुँदे सहमतिकै काण कारण आफूहरु एमालेमा बसेको बताउनु भयो’ छलफलमा सहभागी एक नेताले भने,‘बालकोटमा अध्यक्ष कमरेडसँग भएको छलफलबाट उहाँ सन्तुष्ट हुनुहुन्न । उहाँको जोड १० बुँदे अनुसार पार्टीको सबै संरचना जेठ २ अघिको अवस्थामा फर्किनुपर्छ भन्ने हो ।’ छलफलका क्रममा रावलले एमाले एक दुईजनाको जोड बल र त्यागले नबनेको बताउँदै यसलाई बचाएर अघि बढाउन इमान्दारपूर्वक १० बुँदे कार्यान्वयनको विकल्प नरहेको पनि बताएका थिए।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८८ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुअघिसम्म रावल सुदूरपश्चिम संयोजकको भूमिका थिए । तर २०७५ जेठ २ अघि उनी एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जको भूमिका थिए । अहिले उनले आफू २०७५ जेठ २ अघिको अवस्थामा इन्चार्ज कायम हुनुपर्ने बताएका हुन् । तर पुस ५ पछि नेकपामा देखिएको विवादका कारण अध्यक्ष ओली माओवादीबाट आएका लेखराज भट्टलाई इन्चार्ज बनाइदिएका थिए ।

ओली अनिच्छुक
एमालेका अध्यक्ष ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । रावलले असन्तुष्टि जनाइरहँदा पनि ओलीले २ जेठअघिका इन्चार्जका रूपमा उनलाई जिम्मेवारी दिन तयार नभएका हुन् । बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादीबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको थियो । त्यहाँ पनि ओलीले शाक्यलाई जिम्मेवारी दिन चाहेका छैनन् ।

अन्य पाँचवटा प्रदेशमा २ जेठअघिको संरचनाअनुसार पार्टी संगठन सक्रिय भएको छ । सुदूरपश्चिम र बागमतीमा ओलीले पुरानै अवस्थामा नेतृत्व फर्काउन नसकिने बताएका छन् । ओली १० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान तयार भएपछि माधवतिर लागेका १० नेता एमालेमा फर्किउका थिए ।

जेठ २ अघिको अवस्थामा फर्किएपछि आफू सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने अडान राललले राखेका छन् । तर ओलीले रावललाई पार्टी उपाध्यक्षका रुपमा समन्वयकारी भूमिका खेल्न भनेका छन् । जेठ २ अघिको अवस्थामा फर्काउन लाग्दा माओवादीबाट आएर एमालेमा आएका नेतालाई अन्याय हुने ओलीको अडान छ । ओलीले रावल र शाक्यलाई फकाएर अघि बढ्न अरु नेतालाई पनि भनेका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार