…अनि एमाले सांसदहरु मर्यादापालकको काँधमाथि चढे, चिथोरे र टोके



काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको बैठक ‘रेस्लिङ’को रिङजस्तै देखिन्थ्यो । रिसले चुर भएका नेकपा एमाले सांसदहरूले आफ्नो शक्तिले भ्याएसम्म गरे । कोही मर्यादापालकको काँधमा चढे, आफ्नै सांसदहरुको हातमाथि पनि पल्टिए १ निक्कै रमाइलो दृश्य नै देखिन्थ्यो ।

पछाडि प्रतिपक्षको कुर्सीमा बसिरहेका एमाले अध्यक्ष ओली, सुवास नेम्वाङहरु भने दृश्य हेरिरहेका थिए । उतापट्टि सत्ता पक्षमा बसिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणहरु मुसुमुसु हाँसिरहेको सार्वजनिक भएको फोटोमा देखिन्छ ।

उनीहरु त्यहीँ दृश्य हेरिरहेका थिए– जो सभामुखलाई आक्रमण गर्न खोजिरहेका थिए । अर्थमन्त्रीलाई प्रहार गर्न खोजिरहेका थिए । तर, मर्यादापालकको बीचमा साँध खाबो बनेर उभिदिए । त्यसपछि सिंहभन्दा पनि क्रुर भएका सांसदहरु कोही मर्यादापालककै काँधमाथि चढेर मर्यादापालकलाई टोके, चिथोरे, धकेले ।

दुई पटकको एमालेको बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको विरोध बेवास्ता गरेर सभा सञ्चालन गर्न थाले । सांसद प्रेम सुवालले पनि आफ्नो भनाइ राखे । पछि अर्थमन्त्री जनार्दश शर्मा रोष्टमा कुँदेर चढे । उनी कुँदेको भिडियो देख्न अझैँ पाइन्छ ।

हो, यहीँ बेला हाते साङ्लो बनाएर बसेका मर्यादापालकमाथि सांसदहरुले टोक्न थालेको । एमाले सांसदहरू अर्थमन्त्रीलाई रोष्टममा जान र सभामुखलाई बोल्न दिन चाहेका थिएनन् । तर, मर्यादापलाकका कारण उनीहरु असफल भए ।

पछि अर्थमन्त्री शर्माले ओली सरकारले ल्याएको बजेट संशोधन गरेर बजेटको आकार नै घटाइदिए । त्यसपछि त झन् एमाले सांसदहरु उग्र बने । आफ्नो सरकारले ल्याएको बजेट संशोधन गरेर गिराइदिएपछि उनीहरु पनि गिर्न थाले । अर्थमन्त्री र सभामुखलाई कुट्न रोष्टममा झम्टिए ।

धन्नैले एकजना उफ्रेर रोष्टममा पुगे । उनी थिए– एमालको सांसद नारदमुनी राना । जस्ले २०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणालाई कैलाली–५ बाट हराएका हुन् । उनीसँगै एमाले सांसद शान्ता चौधरी, गंगा चौधरी पनि अर्थमन्त्री र सभामुखमाथि झम्टिन खोजिरहेका थिए । तर, उनीहरु भने सांसद र मर्यादापाललको टाउँकामाथिको हातमा भलिबलसरी यता र उता भए ।

शुक्रबारको बैठकमा सांसदहरुले मर्यादापालकको काँधमा चढेर रोष्टमतिर झम्टिन खोजेको भिडियो भाइरल बनेपनि मर्यादापालक चिथोरेको, टोकेको समाचार आएको थिएन । तर, शनिबार भने त्यसबारे समाचारहरु प्रकाशित भइरहेका छन् ।

यसैगरी शनिबार सांसदहरुले मर्यादापालकको पाखुरामा सांसदका दाँतको डाम देखिएको । तर, कपडामा दाँत गाडिएका कारण सामान्य चोट लागेको संसद सचिवालय स्रोतले बताएको छ ।५ जना मर्यादापालकको छातीमा टाँसेको नेमप्लेट नै उप्काइएको बताइएको छ । तर, बाहिर ती मर्यादापालकहरु गम्भीर घाइते बने भन्ने समाचार भने झूठो रहेको सचिवाल स्रोतको भनाइ छ ।

यसरी संसदमा सत्ता पक्षसँग असन्तुष्ट हुँदा प्रतिपक्ष भौतिक आक्रमण उत्रनु नयाँ होइन तर, शुक्रबार संसदमा भने सांसदहरुले अति नै गरेको नयाँ घटनाहरु बाहिरियो । खासमा पार्टीले माधव नेपालसहित १४ जनालाई कारवाही गरेको पत्र सभामुख सापकोटाले संसदमा जानकारी नदिनु नै घटनाको मुख्य कारण थियो । सभामुखले भने यसअघिको बैठकमै संविधानसम्मत निर्णय कदम चालेको भने स्पष्टिकरण दिइसकेका छन् ।

आगामी संसदको बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित छ । आइतबार १ बजेका लागि संसदको बैठक डाकिएको छ । त्यस दिनको दृश्य कस्तो देख्न पाइन्छ । हेरौँ, ‘रेस्लिङ रिङ’ संसदमा ‘रेस्लर’ सांसदको चर्तिकला १

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार