नेकपा एकीकृत समाजवादी रोज्ने काठमाण्डौका एक मात्र नगर प्रमुख कृष्णहरी थापा



काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुखले नेकपा एकीकृत समाजवादी रोजेका छन। भाद्र २० गते आईतवार जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर थापाले नेकपा एमाले परित्याग गर्दै नयाँ गठन भएको पार्टीका पक्षमा सनाखत गरेका हुन।

काठमाण्डौ जिल्लाका १० नगरपालिका मध्ये ६ वटामा नगर प्रमुखमा विजय प्राप्त गरेको नेकपा एमालेका ५ नगर प्रमुख नेकपा एमालेमा रहेका छन भने थापा नेकपा एकीकृत समाजवादीमा गएका छन । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र रहेको काठमाण्डौ(२ मा रहेको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख थापा लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका थिए।

काठमाण्डौ जिल्लाका ५० जनप्रतिनिधिहरुले सनाखत गर्दा थापा एक मात्र नगर प्रमुख रहेका छन भने शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ नेकपा एस रोज्ने एक मात्र उपप्रमुख रहेकी छन ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार