महाकालीमा राष्ट्रघात गर्ने ओली र रावल हुन् : झाँक्री



सुनसरी । नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरु केपी ओली र भीम रावल भएको दावी गरेका छन् ।

नेत्री झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी हुन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन् ।

उनले भनिन्, ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्क्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ-५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । त्यतिबेला रावल र ओली नै महाकालीमा राष्ट्रघात गर्नेहरु भएको उनले बताइन् ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार