माधवलाई घरको न घाटकाे बनाउछु भन्दै ओली पुगे सर्वोच्च, सभामुखलाई समेत राखेनन् बाँकी !



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को दर्ता कानुनविपरीत रहेको भन्दै बदर गर्न सर्वोच्च अदालतमा पुगेका छन् । बुधबार अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डेले कानुनविपरीत दर्ता गरिएको उक्त दलको दर्ता प्रमाण, निर्णय र पत्राचार सबै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी छन् ।

दायर गरिएको रिटमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यले सनाखत गरेर दर्ता गरिएको पार्टीको दर्ता बदर माग गरिएको छ । त्यस्तै, रिटमा नेकपा ९एस० का वरिष्ठ नेता झलनाथ खनालले दूतावासबाट गरेको अधिकार प्रत्यायोजन सनाखत गर्ने कार्यव्यहोरा नमिलेको पनि दायर गरिएको रिटमा उल्लेख छ ।

राजनीति दलसम्बन्धी ऐन २०७३ को दफा ४ ९५० बमोजिम दल दर्ता भएको सूचना नेपाल राजपत्रमा प्रकाशित भएपश्चात् मात्र कार्यन्वयन हुनेमा हालसम्म नेपाल राजपत्रमा प्रकाशित नभएको निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको पार्टीको विषय कार्यान्वयन हुन नसक्ने पनि रिटमा उल्लेख छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा नयाँ दललाई कुनै पनि गतिविधि गर्न नदिन पनि आदेश माग भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार