मेरो सफलताको श्रेय : मैले कहिल्यै पनि प्रयास गर्न छोडिनँ र कहिल्यै बहाना बनाइनँ :- फ्लोरेन्स नाइटिङ्गेल



  • किनारमा उभिएर हेर्नुभन्दा पानीको छालमा मरेर एउटा नयाँ संसारको बाटो देखाउनु दस गुणा राम्रो हो ।
  • मेरो सफलताको श्रेय : मैले कहिल्यै पनि प्रयास गर्न छोडिनँ र कहिल्यै बहाना बनाइनँ ।
  • मलाई लाग्छ कि आफ्नो भावना शब्दमा व्यक्त गर्नु व्यर्थ हो । त्यसलाई हामीले काममा ल्याउनुपर्छ जसले उत्तम परिणाम ल्याउँछ ।
  • अस्पतालमा पहिलो आवश्यकता भनेको बिरामीलाई कुनै हानि पुग्नुहुँदैन ।
  • जतिबेला जीवन छ, बाँच । यो एक शानदार वरदान हो । जीवनमा केही कुरा पनि सानो हुँदैन ।

 

  • एउटा व्यावहारिक आग्रह गर्ने मौका नगुमाउनुहोस्, चाहे त्यो सानो होस् । जस्तै तोरीको दाना धेरै सानो हुन्छ तर यो जब उम्रिन्छ, आफैँ जरा बन्छ ।
  • बिरामीको हेरविचार गर्दा ध्यान दिनुपर्ने कुरा प्रकृतिको सही प्रभाव बिरामीमा पर्ने गरी उसलाई राम्रो अवस्थामा राख्नुपर्छ ।
  • फ्लोरेन्स नाइटिंगेलका अनुसार हाकिम भनेको त्यो हो जसले सही उपाय लगाउँछ र यो पनि ख्याल राख्छ कि बाँकी सबैले पनि त्यही उपाय लगाऊन् ।
  • यदि कुनै नर्सले आफ्नो बिरामीका लागि कुनै किसिमको काम मेरो व्यवसायमा पदैन भनेर गर्न मान्दिन भने मैले भन्नुपर्छ कि नर्सिङ उसको व्यवसाय होइन ।
  • व्यवसायको मामिलामा केही व्यक्तिले कहिलेकाहीँ यस्तो क्रुर गल्ती गर्छन् कि, जुन विषयमा उनीहरुलाई केही जानकारी नै हुँदैन र उनीहरु सोच्छन् कि त्यसबारेमा आफूलाई धेरै थाहा छ ।
  • बिरामीको बुद्धिमानी र दयापूर्वक व्यवस्थापन नै संक्रमण विरुद्धको रक्षाकवच हो ।
  • डरको भावनाको अधीनमा कति काम गर्न सकिन्छ ?

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार