अफगानिस्तानमा १० वर्ष माथिका बालिकालाई स्कुल जान रोकिने



काबुल । अफगानिस्तानमा हालै मात्रै सत्ता कब्जा गरेका तालिवान विद्रोहीले महिलाको अधिकार इस्लामिक कानुन बमोजिम हुने बताएका छन् ।

अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा तालिवान प्रवक्ताले महिलाहरु काम गर्न स्वतन्त्र रहेका तर उनीहरुले केही नियम र प्रतिबन्धात्मक व्यवस्थाको भने पालना गर्नुपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्ला मुजाहिद सबै अफगानीहरु इस्लामको रुपरेखाभित्र रहनुपर्ने दोहोर्‍याएका छन् ।अब अफगानिस्तानमा महिलाहरुले पूरै शरीर ढाक्ने गरी बुर्का लगाउनुपर्नेछ । साथै तालिवानहरुले १० वर्षभन्दा माथिको उमेरका बालिकाहरुलाई विद्यालय जान नदिने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुले महिलाको अधिकारका विषयमा प्रश्न उठाएपछि तालिवनान प्रवक्ताले आफ्नो धारणा राखेका हुन् । तालिवानले महिलालाई काम गर्न र अध्ययन गर्न दिने तर आफ्नै संरचनाभित्र रहेर उनीहरुले सो छुट पाउने बताएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार