यस्ताे छ शिक्षक बढुवा प्रक्रिया, पद संख्या र कायम हुने श्रेणी



काठमाडौं । सामान्य अर्थमा बढुवा भनेको कुनै पनि व्यक्तिको कामको क्षेत्रमा प्रगति एवं उन्नति हुनु हो । अझ सामान्य अर्थमा भन्दा माथिल्लो तह वा श्रेणीमा साविकमा खाइपाइ रहेको तलब भन्दा बढी तलब अथवा पारिश्रमिक खाने र पाइरहेको सुबिधा भन्दा बढी सुबिधा पाउने गरी भएको प्रगति अथवा उन्नति अथवा पदोन्नति नै बढुवा हो ।

शिक्षण सेवामा प्रवेश गरेपछि विद्यालय शिक्षण सेवाको सबैभन्दा माथिल्लो तह वा श्रेणीमा पुगेमा सफलताको तह पूरा भएको मानिन्छ । यसरी भएको बढुवाबाट बढुवा हुने व्यक्तिको समाजमा मान, प्रतिष्ठा बढ्छ । सामाजको उक्त व्यक्तिप्रति हेर्ने दृष्टिकोण पनि फरक र सकारात्मक हुन्छ । शिक्षण पेशामा कार्यरत व्यक्तिलाई शिक्षण पेशामा मन लगाई राख्न र आफ्नो पेशामा समर्पित भएर सेवा गर्न बढुवा अथवा पदन्नोतिले महत्वपुर्ण भुमिका खेल्दछ ।

शिक्षक पद संख्या र कायम हुने श्रेणी
नेपाल सरकारले देशभरिका ७७ जिल्लाका लागि शिक्षक दरबन्दी स्वीकृत गर्दछ । जिल्लाभरि भएका सामुदायिक विद्यालयका लागि स्वीकृत दरबन्दीलाई अहिले पालिकागत रूपमा निर्धारण गरिएको छ । शिक्षक दरबन्दी पालिकागत रूपमा कायम भएतापनि शिक्षकको बढुवा प्रक्रिया हालसम्म जिल्लागत रूपमा रहेको एकमुष्ट दरबन्दी र उक्त दरवन्दीमा रिक्त रहेको पद संख्याका अधारमा पदपूर्ति र बढुवा हुने गरेको छ ।

शिक्षा ऐन ९संशोधन सहित०ले विद्यालय तहलाई आधारभूत र माध्यमिक तह गरी दुई तहमा वर्गीकरण गरेका छ। तर शिक्षक दरबन्दीलाई भने बालविकास केन्द्रका सहजकर्ता, प्राथमिक शिक्षक, निम्न माध्यमिक शिक्षक, माध्यमिक शिक्षक र साविक उच्च माध्यमिक शिक्षक गरी पाँच तहमा विभाजन गरेको छ। पाँच तह मध्ये पनि बालविकास केन्द्रका सहजकर्ता र साबिक उच्च माध्यमिक तहका शिक्षकहरूको सम्बन्धमा हालसम्म स्थायी नियुक्ति प्रक्रिया कै टुंगो लाग्न सकेको छैन ।

स्थायी नियुक्तिको नै प्रक्रिया अन्यौल रहेका यी दुई पदको बढुवाको कुनै गुञ्जायस नै रहेन। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षकहरु मध्ये हरेक तहका तृतीय श्रेणीका रिक्त पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिन्छ । हरेक तहका द्धितीय र प्रथम श्रेणीका पद बढुवाद्वारा पूर्ति गरिन्छ। हरेक जिल्लाका लागि स्वीकृत शिक्षक दरबन्दी मध्ये हरेक तहमा जिल्लाको कुल शिक्षक संख्याको ८०५ तृतीय श्रेणी, १८५ द्वितीय श्रेणी र २५ प्रथम श्रेणीको पद रहन्छ। यस हिसाबले हरेक जिल्लामा ८०५ शिक्षक खुला प्रतियोगिताद्वारा स्थायी नियुक्ति भएका हुन्छन् भने बाँकी २०५ शिक्षक बढुवाद्वारा नियुक्ति भएका हुन्छन।

बढुवा प्रक्रिया
शिक्षा नियमावली २०५९ ९संशोधन सहित० र शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) मा शिक्षकको बढुवा सम्बन्धी प्रक्रियाको व्यबस्था गरिएको छ । शिक्षक सेवा आयोग नियावली २०५७ ९संशोधन सहित० अनुसार शिक्षकको बढुवा दुई प्रकारले हुन्छ ।
क. आन्तरिक प्रतियोगितात्मक परीक्षाका आधारमा,
ख. कार्यसम्पादन मूल्यांकनका आधारमा

हरेक जिल्लामा रिक्त रहेका प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षक दरवन्दी मध्ये हरेक तहका प्रथम र द्वितीय श्रेणीका रिक्त दरबन्दीको २५ प्रतिशत पदमा शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाका आधारमा बढुवा गर्न विज्ञापन गर्दछ। यसरी विज्ञापन गरेका पदमा ५ बर्ष स्थायी सेवा अबधि पुगेका शिक्षक उमेद्बार हुन र दरखास्त दिन पाउँछन् । योग्यता पुगेका शिक्षकहरु मध्ये दरखास्त दिएका शिक्षकहरुको तोकिएको पाठ्यक्रम अनुसार शिक्षक सेवा आयोगले लिखित परीक्षा सन्चालन गर्दछ । लिखित परीक्षामा उतिर्ण भएका उम्मेदवारहरुले लिखित परीक्षा र अन्तरवार्तामा प्राप्त गरेको अंक जोडी सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने बिज्ञापनमा तोकिएको संख्याका शिक्षकलाई बढुवा नियुक्तिको लागि शिक्षक सेवा आयोगले सिफारिस गर्दछ ।

जिल्लामा हरेक तहको प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक दरवन्दीको ७५५ कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गरिन्छ । कार्यसम्पादन मुल्यांकनद्वारा शिक्षकको बढुवा गर्दा विज्ञापन भएपछि विज्ञापनमा तोकिएको अबधि भित्र ५ शैक्षिकसत्र स्थायी सेवा अबधि पूरा भएका शिक्षक सम्भाव्य उम्मेदवार हुन्छन । संभाव्य उम्मेदवार मध्ये इच्छुक उम्मेदवारले दरखास्त दिन पाउँछन् । दरखास्त दिने उम्मेदवारहरु मध्ये नोकरीको जेष्ठता, शैक्षिक योग्यता, तालिम र कार्यसम्पादन वापत शिक्षकले प्राप्त गरेको अङ्क जोडी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बिज्ञापनमा तोकिएको संख्यामा शिक्षकलाई बढुवा नियुक्ति गर्न शिक्षा सेवा आयोगले सिफारिस गर्दछ ।

नोकरीको जेष्ठता बापत अङ्क प्रदान गर्दा सम्बन्धित तहमा स्थायी नियुक्ति भई अध्यापन गरेको प्रत्येक वर्षको २।५ अंकका दरले र अस्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको १।२५ अंकक दरले बढीमा ३५ अङ्क प्रदान गर्ने व्यवस्था छ । बढुवाका लागि शिक्षकको शैक्षिक योग्यताको अङ्क प्रदान गर्दा बढीमा २० अङ्क प्रदान गरिन्छ। २० अङ्क मध्ये सेवा प्रवेशको लागि तोकेको न्युनतम शैक्षिक योग्यता बापत १५ अङ्क प्रदान गरिन्छ । यो १५ अंक मध्ये प्रथम श्रेणी भएमा १५ अंक, द्वितीय श्रेणी भएमा १३ अंक र तृतीय श्रेणी भएमा ११ अंक पाउने व्यवस्था छ। न्युनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यताका लागि ५ अंक प्रदान गरिन्छ । ५ अङ्क मध्ये प्रथम श्रेणी भए ५ अङ्क, द्वितीय श्रेणी भए ४ अंक र तृतीय श्रेणीको भएमा ३ अङ्ग प्रदान गरिन्छ ।

शिक्षक कार्यरत तह अथवा श्रेणी अथवा सोभन्दा माथिल्लो स्तरको शिक्षा शिक्षणसंग सम्बन्धी १० महिना वा सो भन्दा बढी अवधिको मान्यता प्राप्त तालिम प्राप्त गरेको भए सो तालिमको र सेवाकालिन तालिम लिएको शिक्षकलाई सेवा कालीन तालीमको गरि अधिकतम १० अङ्क दिइन्छ ।

कार्य संपादन मूल्यांकन बापत शिक्षकले अधिकतम ३५ अङ्क पाउने व्यवस्था छ । शिक्षकले सम्पादन गरेको कार्यको मुल्यांकन गर्न कार्यसम्पादन मूल्यांकन फारमको व्यवस्था गरिएको छ । कार्यसम्पादन मुल्यांकन फारमलाई चार खण्डमा विभाजन गरिएको छ । खण्ड क मा शिक्षकले अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिका आधारमा प्रतिवर्ष ३ अंकका दरले बढीमा १५ अङ्क पाउने व्यवस्था छ । त्यस्तै खण्ड ख मा शिक्षकले शिक्षण कार्यसँग सम्बन्धित विषयमा कार्यमूलक अनुसन्धान गरे वापत प्रत्येक वर्ष १ अङ्कका दरले पाँच वर्षको ५ अङ्क पाउँदछन ।

खण्ड ग मा शिक्षकले एक शैक्षिक सत्रमा पूरा गरेको बिशेश जिम्मेवारीका आधारमा प्रतिवर्ष १ अङ्कका दरले पाँच वर्षको ५ अङ्कको पाउने व्यवस्था छ । खण्ड घ शिक्षकले बर्षभरी संपादन गरेको शिक्षण कार्यका आधारमा सुपरिवेक्षक र पुनरावलोकन समितिले मूल्याङ्कन गरी अङ्क प्रदान गर्ने व्यवस्था छ । सुपरिवेक्षकले विभिन्न ८ वटा आधारमा बढीमा ६ अङ्क र पुनरावलोकन समितिले बढीमा ४ अङ्क गरी बढीमा १० अङ्कसम्म प्रदान गर्न गर्नेछन् ।

समस्या र चुनौतीहरु
शिक्षकको बढुवा संबन्धमा विभिन्न समस्या तथा चुनौतीहरु रहेका छन । ती समस्या र चुनौतीहरु निम्नअनुसार छन् स्(
क. शिक्षक सेवा आयोग संवैधानिक अङ्ग नहुनु ।
ख. शिक्षक नियुक्ति तथा बढुवाको नियमित तालिका नहुन ।
ग. बालविकास केन्द्रका सहजकर्ता र साबिक उच्च माध्यमिक तहका शिक्षकहरूको व्यवस्थापन कुनै कार्य कार्यक्रम तथा योजना नहुनु ।
घ. पन्चायती व्यबस्थाको समयमा बि। सं। २०२८ सालको शिक्षा ऐन नै कार्यान्वयनमा रहनु र आजको आवश्यकता अनुसारको शिक्षा ऐन तथा नियमावली बन्न नसक्नु ।
ङ. द्वितीय र प्रथम श्रेणीका शिक्षकको जिल्लान्तर सरुवा गर्दा जिल्लामा कार्यरत तृतीय श्रेणीका शिक्षकहरु बढुवा हुन नसक्नु ।
च. कार्यसम्पादन मुल्यांकन फारम व्यावहारिक, वैज्ञानिक र मापन योग्य नहुनु ।

समस्या समाधानका उपायहरु
क. शिक्षक सेवा आयोग संवैधानिक बनाइनुपर्ने ।
ख. नियमित कार्यतालिका बनाई हरेक वर्ष शिक्षक विज्ञापन र बढुवाको बिज्ञापन गर्ने ब्यवस्था गर्नुपर्ने ।
ग. बालविकास केन्द्रका सहजकर्ताहरु र साविकको उच्च माध्यमिक शिक्षकको नियुक्ति र बढुवाको व्यवस्था कानुनी रुपमा हुनुपर्ने ।
घ. बदलिदो परिस्थिति सुहाउँदो शिक्षा ऐन र नियावली तर्जुमा गरी लागू हुनुपर्ने ।
ङ. प्रथम र द्वितीय श्रेणीमा जिल्लान्तर सरुवा नगर्ने। तृतीय सरुवा नगर्ने तृतीय श्रेणीमा पनि निश्चित कोटा तोकेर मात्र जिल्लान्तर सरुवा गर्ने ।
च. कार्यसम्पादन मुल्यांकन फारमलाई बढी व्यावहारिक र नतिजा मूलक बनाउने ।

उपसंहार
बढुवा योग्यताका आधारमा हुनुपर्दछ भन्ने कुरामा दुईमत छैन। त्यस्तै जेष्ठ व्यक्ति पहिले बढुवा हुनुपर्छ भन्ने कुरा अथवा तर्कलाई पनि नकार्न सकिदैन। जेष्ठ व्यक्ति कम योग्यता भएको र कार्यसम्पादन क्षमता कम भएको पनि हुन सक्दछ। तसर्थ बढी योग्यता भएका, कार्यक्षमता उच्च भएका र जेष्ठ व्यक्ति सबैलाई पक्षपात नहुने गरि बढुवाका आधारहरु गर्नु, बढुवा प्रक्रिया नियमित गर्नु एवम् योग्य र दक्ष व्यक्तिलाई शिक्षण पेशामा आकर्शित गर्नु आजको आवश्यकता हो ।

(लेखक बाबुराम दवाडी भरतपुर महानगरपालिकाको शिक्षा सेवाको अधिकृत आठौंवाट सेवा निवृत्त हुन )

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार