दक्षिण कोरियामा नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी सङ्क्रमित भेटिए



एजेन्सी । दक्षिण कोरियामा गएको हप्तामा दुई हजारभन्दा बढी नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका छन् । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएको मंगलबार बताइएको छ ।

कोरियामा यो सहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टका सङ्क्रमितको संख्या आठ हजार १२५ जना पुगेको छ । कोरियामा नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । जुलाई यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार