पहिलो सेयर कारोबारका लागि युनियन लाइफले कति पाउला ओपनिङ रेन्ज ? यस्तो आयो संकेत !



काठमाडौं । युनियन लाइफ इन्योरेन्स कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ११५ रूपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको ओपनिङ रेञ्ज पाउने देखिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरण पत्रअनुसार कम्पनीको पछिल्लो वास्तविक प्रति सेयर नेटवर्थ ११५.१३ रुपैयाँ रहेको छ । उक्त नेटवर्थ अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि सो बराबरको ओपनिङ रेन्ज पाउने देखिएको हो ।

नेप्सेले कुनै पनि कम्पनीको पहिलो सेयर करोबारको लागि प्रतिसेयर नेटवर्थको विन्दुदेखि त्यसको तीन गुणासम्मको विन्दुलाई लिएर ओपनिङ रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने भएको हो । आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्म कम्पनीको नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । अब कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएपनि सोही आधारमा पहिलो कारोबारको लागि मूल्य तय गर्दछ ।

कम्पनीले असार २४ गते देखि २८ गतेसम्म गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गरी साउन १ गते बाँडफाँट गरिसकेको छ । अहिले त्यो नेप्सेमा सुचिकृत गर्ने तयारी भइरहेको छ । अब त्यो नेप्सेमा सुचिकृत भएपछि कम्पनीको दास्रो बजारमा सेयर कारोबार हुने छ । कम्पनीले कुल ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५ सय सामुहिक लगानीकोषको लागि छुट्याएको थियो ।

बाँकी रहेको ५८ लाख ५ हजार कित्ता ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आइपीओमा २१ लाख ८२ हजार ७ सय ७५ जना आवेदकबाट आवेदन परेको हो । जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार