युनियन लाइफले एकै जनालाई १ कराेड भन्दा बढि बिमा दावी भुक्तानी गर्याे !



ललितपुर | १ साउन, युनियन लाइफ इन्स्योरेन्सले एकै व्यक्तिकाे विमा बापत १ कराेड २ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको छ। काेराेना संक्रमण भई मृत्यु भएका पिताम्बर महताेकाे श्रीमती जमुना कुमारी महाताेलाई युनियन लाइफ इन्स्योरेन्सका उप कार्यकारी प्रमुख कपिल कुमार दाहालले यही असार २६ गते उक्त रकम भुक्तानी गरेकाे युनियन लाइफ इन्स्योरेन्स बागमती प्रदेशका उपप्रमुख राकेश महर्जनले जानकारी गराए ।

महताेकाे काेराेना संक्रमणका २०७८ जेठ महिनामा उपचारका क्रममा हस्पिटलमा मृत्यु भएकाे थियाे । महताे युनियन लाइफ इन्स्योरेन्सकाे नक्साल शाखामा आबद्ध भई विगत १ वर्षदेखि एजेन्सी मेनेजरकाे जिम्मेवारीमा रहेर काम गर्दै आएको युनियन लाइफले जनाएको छ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार