पार्टी विरोधी अभिव्यक्ती दिने माधव नेपाललाई योगेश भट्टराईले दिए अहिलेसम्मकै कडा दनक ! (भिडियोसहित)



नेकपा एमालेका प्रभावशाली युवा नेता योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको निर्णय विरुद्ध वरिष्ठ नेता माधव नेपाल पक्षले भोट हाले नेकपा एमाले चोइटिने दाबी गरेका छन् । नेता भट्टराईले सिंगो एमालेले देउवा सरकारलाई विश्वास दिनुपर्ने वरिष्ठ नेता माधव कुमार नेपालको अभिव्यक्तीमा गम्भीर आपत्ती प्रकट गरेका छन् ।

उनले एमाले एकतावद्घ भएमा एक महिनापछि पुनः एमालेको सरकार बन्ने समेत बताए । योहो टिभीमा अन्तर्वार्ता दिँदै नेता भट्टराईले प्रधानमन्त्री देउवालाई एमालेले बहुमत नपु¥याइदिने भन्दै बरु आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने बताए । एक महिनापछि संविधानको धारा ७६ (२) वा (५) अनुसार पुनः एमालेको सरकार बन्ने नेता भट्टराईले बताए ।

अन्तर्वार्तामा नेता भट्टराईले सर्वोच्चले संविधानको व्याख्या गरे अनुसार नेपालको संसद् बेलायती मोडलमा गएको भन्दै अब पाँच वर्षसम्म संसद् विघटन नहुने बताए । उनले देउवाले बहुमत प्राप्त नगरेपछि अर्को सरकार बन्ने बताए । अब सरकार बनाउने विकल्प रहुन्जेलसम्म संसद् विघटन गर्न नपाइने भन्दै उनले त्यसपछि संविधानको धारा ७६ (५) अन्तर्गत अझै सरकार बनाउन सकिने बताए ।

उनले संविधानको धारा ७६(२)मा पनि अब जान सकिने बताए । सांसदबाट सरकार बन्ने विकल्प रहेसम्म सरकार बनाउन सकिने भन्दै उहाँले देउवाले संसद् विघटन गर्न नपाउने बताए । संविधानविद्हरू पनि देउवाले विश्वासको मत लिनु अघिसम्म एमालेले आफ्नो पक्षमा बहुमत देखाउन सकेमा अझै एमालेको नेतृत्वमा सरका बन्ने बताछन् । ‘फेरि पनि एमालेले बहुमत देखाउने हो भने एमालेको सरकार बन्ने सम्भावना अझै छ ।

विकल्प छउञ्जेल प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भनिएकाले देउवाले विश्वासको मत लिनुअघि नै एमालेले बहुमत देखाउन पर्छ ।’ कतिपय संविधानविद्हरूको तर्क छ । असार २८ को फैसलाबमोजिम केपी शर्मा ओलीको सरकारलाई प्रतिस्थापन गर्दै काँग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ । यो सरकारले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनु आवश्यक छ । तर,देउवा नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसके पुनः मुलुक संसद् विघटन र निर्वाचनमा जानेछ । एमालेले यसबीच बहुमत सिद्ध गर्न सक्यो भने यो सम्भावना टर्ने सम्भावना संविधानविद्हरु बताउँछन् ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार