एमाले कार्यदलमा एकताको सहमति,कार्यकर्तामा खुसी !



काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार