
नेपाली चलचित्र ‘कृ’ नेपाली फिल्म ईन्डस्ट्रीमा डेब्यु गरेकी नयिका हुन अदिती बुढाथोकी । जुन चलचित्रको निक्कै सफलपनि भयो । झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको थियो भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् ।
नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । ५ फिट ५ ईन्छ उचाई भएकी झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।
सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १४ लाख भन्दा बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट भएको बताएको छ । अदितीका केही तस्बिर अहिले इस्टाग्राममा भाइरल समेत भएका छन् ।
उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समाचार प्रकाशन गरेका थिए । एबिपीले उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो ।
उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् । मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी कम बोल्ने र सरल स्वभावकी सुन्दरी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।
लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । केही समय अघि उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो । नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिएको थियो ।
युट्युबलगायत सामाजिक सञ्जालमा अभिनेतृ अदितीलाई खोजियो भने उनको ‘निजी कुरा’ देखि ‘लाइफस्टाइल’ सम्मका अनेक मसालेदार सामग्री फेला पर्छन् । तीमध्ये कतिपय सामग्री त अतिरञ्जित समेत छन् । अतिरञ्जनाको यो चक्करमा भारतीय मिडियासमेत फसेका छन् । भर्चुअल संसारले आफूलाई सन्नी लियिनीसँग दाँज्न थालेपछि ‘मिस्ट्री गर्ल’ अदितीले मुख खोल्नैपर्यो, ‘सनी लियोनीसँग तुलना गरेकामा म दुःखी छु ।’