
सरकारले नियमित उडान खोलेको दक्षिण कोरियामा पनि थप उडान तय भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले यस अघि दक्षिण कोरियामा सम्बन्धित वायुसेवा कम्पनीहरुले अनुमति नमागेका कारण उडान तालिका निकालेका थिएन ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा हरेक बुधबार एक उडान हुने भएको छ । जसको लागि कोरियन एयरले अनुमति पाएको छ ।
पछिल्लो उडानहरु थप भए सँगै अब नेपालबाट अन्तराष्ट्रिय उडान अन्तर्गत हरेक साता २४ वटा उडान हुनेछन् । यो तालिका आगामी ३१ जुलाईसम्मको लागि हो ।
प्रकाशित मिति : २०७८ असार २० गते आइतवार