राम्रा मान्छेहरु टाढैबाट चिनिन्छ, धाेकेवाजहरु छेउमै भएर पनि चिन्न सकिँदैन !



– राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउमै भएर पनि चिन्न सक्दैन ।
–चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।
–एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ ।
–एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
–मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।
–हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।

–सफलताको लागि तीन चिजको आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
–तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस् जसको बिश्वास तपाइमाथि तब पनि होस् जब तपार्इको समय बद्लिन्छ ।
– न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।
–जीवनमा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
–सेलाएर दोस्रोपटक तताएको चिया र टुटिसकेपछि जोडिएको रिलेसनमा पहिलाको जस्तो मिठास आउदैन ।

शास्त्र विज्ञहरुका अनुसार – भगवाद गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुनसक्छन् । यसमा योग, कर्म, वेदान्त र भक्ति जस्ता विषयमा व्यवहारिक तथा महान निर्देशनहरु पाइन्छन् । यसमा भगवानले ‘सहि कर्म’ के हो र ‘भगवानले आफ्ना भक्तलाई कसरी उद्धार गर्छन्’ भन्ने महत्वपूर्ण कुरा उल्लेख गरिएको छ ।– किन व्यर्थ चिन्ता गर्छौ? को सग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।

– जे भयो, त्यो राम्रै भयो। जे भैरहेको छ, त्यो राम्रै भैरहेको छ । जे हुनेछ त्यो पनि राम्रो नै हुनेछ। तिमी विगतको पश्चताप नगर। भविष्यको चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
– तिमीले के गुमायौ, जसका लागि तिमी रुदै छौ ? तिमीले के लेराएका थियौ, जसलाई तिमीले हरायौ ? तिमीले के पैदा गर्यौ, जो नाश भयो ? तिमीले केहि लिएर आएका थिएनौ, जे लियौ, यहि बाट लियौ। जे दियौ, यस(भगवान) बाट लियौ। जे दियौ, यहिलाई दियौ।
– खाली हात आयौ, खाली हात जानेछौ। जो आज तिम्रो छ, हिजो कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झिन मग्न छौ । यहि प्रसन्नता नै तिम्रो दु:खको कारण हो।
– परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठानेका छौ, त्यो नै जीवन हो। एक क्षणमा तिमी करोडौको मालिक बन्छौ, अर्को क्षणमा तिमी दरिद्र बन्न पुग्छौ। मेरो-तेरो, सानो-ठूलो, आफ्नो-पराई, मन बाट हटाइदेऊ, त्यसपछी सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौ।
– न यो शरीर तिम्रो हो। न त तिमी नै यो शरीरका हौ। यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाश ले बनेको छ र यसमै बिलिन हुनेछ। तर आत्मा स्थिर छ । त्यसो भए तिमी के हौ त? (नाशवान शरीर वा आत्मा?)
– तिमी आफुलाई भगवानमा समर्पित गर। यहि सबैभन्दा उत्तम सहारा हो। जसले यस सहाराको जान्दछ ऊ भय, चिन्ता, शोक बाट सदै मुक्त रहन्छ। – तिमी जेसुकै गर्छौ, त्यो भगवानलाई समर्पण गर। यसो गर्नाले सदै जीवन-मुक्तिको आनन्द अनुभव मिल्छ।

जीवनमा प्रभाव पार्ने केही भनाइहरू
विगतलाई भुलिदेउ, विगतमा कोही सफल थिएन ।
तिम्रो सम्पत्तीको वास्तविक मापन भनेको यदि तिमीले आफ्नो सबै पैसा हरायौ भने तिमी कति मूल्यवान हुनेछौ भन्ने हो।
डरले मूर्खहरूलाई पनि बुद्धि दिन्छ।
हामीमध्ये धेरैलाई थाहा छ कसरी केहि पनि नबोल्ने भनेर तर थोरैलाई मात्र थाहा हुन्छ कतिखेर केही नबोल्ने भनेर।
संसारमा दुई सबैभन्दा सामान्य तत्वहरू हाइड्रोजन र मूर्खता हुन्।

शिष्टाचार दुई व्यक्ति बीचको छोटो दूरी हो।
जब तिमी कुनै महिलालाई उनको उमेर सोध्छौ, तिमीले पाउने जवाफ भनेको जवान आकृति नै हो।
केहि नगर्नु सबैभन्दा गाह्रो कार्य हो।
बुद्धिमता दुई भागमा विभाजित भएको हुन्छ एक भन्नको लागि धेरै कुरा हुनु र दुई तै पनि नभन्नु।
जब एक व्यक्ति अरु कसैलाई औंला औंल्याउँछ, उसले सम्झनु पर्छ कि उसको तीनओटा औंलाहरुले स्वयम्लाई औंल्याईरहेको हुन्छ।

प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते शनिवार