ओलीलाई माधवकाे सन्देश सर्वोच्चमा बुझाएको हस्ताक्षर कुनै हालतमा फिर्ता हुँदैन !



काठमाडौं | नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन्। शनिबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँग छलफल कार्यक्रममा उनले आफू धोका दिने मान्छे नभएको प्रष्ट पारे।

उनले आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको बताए। आफू प्रधानमन्त्री भइसकेको उनको भनाइ थियो। ‘गठबन्धनको तर्फबाट जुन प्रक्रियाहरु अघि बढेको छ, त्यसमा धोका दिने पक्षमा म छैन’, नेपालले भने।

नेपालले आफूहरु नेकपा एमालेको विद्रोही पक्ष रहेको बताए। आफ्नो सम्बोधनमा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गरेका थिए। ‘केपी ओलीलाई सत्ता भएपछि त्यसभन्दा बाहेक अरु केही चाहिँदैन। त्यसैले उहाँ भन्नुहुन्छ- कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु। नरहे बाँस, नबजे बाँसुरी। त्यसैले उहाँले संसद् नै विघटन गर्नुभयो’, उनले भने।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार