जब SLC मा सात पटक फेल रविद्रनाथ टैगोर नोबेल पुरस्कारप्रप्त साहित्यकार बन्न सक्छन भने । जब भयङ्कर रोगले थलिएका स्टिफिन हकिङ विख्यात वैज्ञानिक बन्न सक्छन् भने । जब तीन डलर बोकेर व्यापारमा छिर्ने एन्ड्रुय कारनेगी विश्वकै धनाढ्य बन्न सक्छन भने । जब चिया बेच्ने केटो भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बन्न सक्छ भने । जब खानका लागि भिख माग्ने केटो लोकप्रिय चार्ली च्याप्लिन बन्न सक्छ भने । साहस गर्नुस… हिम्मत नहार्नुस… अघि बढिरहनुस्… असफलता संग नडराउनुहोस्… तब के हुन सक्दैन ?… जिन्दगीमा जे पनि हुन्छ
डा. योगी विकाशानन्दका दश मननिय भनाइहरू
१. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
२. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
३. जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
४. भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।
५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
६. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।
७. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
८. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
१०. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।