असार ९ गतेदेखि दुबई–काठमाडौँ उडान सुरु हुने, कति छ टिकट मूल्य ?



काठमाडौँ– यही असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले असार ९ (जुन २३) देखि दुबई–काठमाडौँ एकतर्फी उडान सुरु गर्ने भएको हो ।
निगमका अनुसार को’रोना भाइरस महामारी नियन्त्रण्का लागि सरकारले गरेको निषेधाज्ञाका कारण दुबईमा रोकिएका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले सरकारको निर्णय अनुसार उडान सुरु गर्न लागिएको हो ।दुबई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने यूएईका उडानमा युएई जान सक्दैनन् ।

नेपाल वायुसेवा निगमका अनुसार दुबईको उद्धार उडान असार ९ गते र असार १६ गतेका लागि तय भएको छ । उडान एकातर्फी भएकाले यूएईबाट नेपाल आउनेहरुले महँगो टिकट का’ट्नुपर्ने भएको छ ।निगमका अनुसार यूएईबाट नेपाल आउनका लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ ।

यूएईबाट हुने उडान नियमित उडान नै भएपनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ ।यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार