कतार, साउदी अरेबिया, मलेसिया, जापानमा उडान खुल्यो, होटल क्वारेन्टाइन खर्च सरकारले नै दिने !



काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बसेको बैठकले हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । बैठकमा प्रधानमन्त्री एवं निर्देशक समितिका प्रमुख केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाई गर्दै संक्रणको जोखिम नहुँदासम्म लकडाउनलाई खुकुलो बनाउनुपर्ने बताएका थिए ।

श्रमिकलाई १० दिनको होटल क्वारेन्टाइन खर्च सरकारले दिने
सरकारले बैदेशिक रोजगारीमा गएका तर बिभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारलाई १० दिनको होटल खर्च उपलब्ध गराउने निर्णय गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि सरकारले १० दिनको खर्च ब्यबस्थापन गर्ने निर्देशक समितिले निर्णय गरेको छ ।

साथै सरकारले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु हुनेछ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार