आन्तरिक राजस्व विभागले भन्यो-‘असार २५ गतेभित्र कर तिर्नुस्’ !



काठमाडौं । सरकारले असार २५ गतेभित्र कर तिर्न सूचना जारी गरेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेभित्र कर विवरण तथा कर दाखिला गर्ने म्याद जारी गरेको छ ।

जारी सूचनामा २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने भनिएको छ । यसैगरी २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने उल्लेख छ ।

त्यस्तै, २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिलाको अवधि पनि २५ असारसम्मका लागि तोकिएको छ । २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला म्याद पनि असार २५ असार गतेसम्म तोकिएको छ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार