मनाङेको आरोप: सिलवाल तरुनी भनेपछि पागल हुने, घरमा श्रीमती राम्रो छैन होला, विचरा !



काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालमाथि गम्भीर आरोप लगाएका छन्। मनाङेले सिलवाल स्त्रीलम्पट भएको भन्दै पोखरामा स्त्री गमनको लागि आउदा व्यवस्थापन पोखराका खेलकुद पदाधिकारीले गर्ने गरेको आरोप लगाएका हुन्।

विशेष गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र प्रदेशका राजेश गुरुङ (मोटे)ले खेलकुद क्षेत्र सत्यानास पारेको आरोप मनाङेले लगाएका छन्। राजेश गुरुङ्ग गण्डकी प्रदेशको प्रतिनिधित्व गरेर राखेपको बोर्ड सदस्य छन्। सदस्य सचिव सिलवाल रक्सी र केटी भनेपछि हुरुक्कै हुने र राजेशले त्यसको ब्यवस्था मिलाउने भएकाले उनीहरुको जोडी जमेको मनाङेको आरोप छ।

मनाङेले भने, ‘यत्तिका ठग मान्छे त मैले देखेकै छैन। सिलवाल र मोटेको सम्वन्ध राम्रो छ। सिलवाल यहाँ आउने, मोज गर्ने। सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने। मान्छेले भन्न अप्ठ्यारो मान्ला, तर के गर्ने विचरा। अव, सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला। प्रोवलम त होला। यो फेरी हाँस्ने कुरा होइन यो। यो फ्याक्ट हो।’

मन्त्री मनाङेले यस्तो आरोप लगाएपछि राखेप सदस्य राजेश गुरुङ उर्फ मोटेले त्यसको खण्डन गरेका छन्। राजेशले मन्त्री जस्तो व्यक्तिले आरोप मात्र लगाएर नहुने प्रमाणित गर्न पनि चुनौती दिएका छन्। आफूले मन्त्री मनाङे खेलकुद क्षेत्र प्रेमी मान्छे जस्तो लागे पनि अहिलेको घटनाले त्यस्तो नदेखिएको बताएका हुन्।

‘राजेश मोटेले तरुनी मिलायो भन्नु भयो। कुन होटेलमा मिलायो? सदस्य सचिवलाई रक्सी खुवायो भन्नु भयो? कहाँ खुवायो? त्यो सक्नुहुन्छ भने प्रुफ गर्नु होस्,’ राजेशले भने। राजेशले मन्त्री मनाङेमा अरुलाई चोर-डाका भनेर आफू दुधले नुहाएको जस्तो हुन खोज्ने प्रवृति हावी रहेको बताए।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार