
काठमाडौं । बागमती प्रदेश सरकारले राष्ट्रसेवक सरकारी कर्मचारीहरु सबैको तलब २ हजारले वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राष्ट्रसेवक कर्मचारी, शिक्षक लगाएत सबै कर्मचारीको तलव २ हजारले वृद्धि गरेको बताए ।
यसअघि संघिय सरकारले पनि राष्ट्रसेवक कर्मचारीहरु सबैको तलब २ हजारले बढाएको थियो ।
बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठ)
बागमती प्रदेश सरकारले ले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।
विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
हेर्नुहोस् बजेटको पूर्णपाठ: