आकासियाे सुनको मुल्य शुक्रबार पनि राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार !



काठमाडौं । लगातार बढिरहेको सुनकाे मुल्यले शुक्रबार पनि नयाँ रेकर्ड राखेको छ । शुक्रबार प्रति ताेला १८ सयले बढेर ताेलाकाे ८२ हजार ५ सयमा काराेबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रति ताेला ८२ हजार ५ सय र तेजावी सुन प्रति ताेला ८२ हजार २ सयमा काराेबार भइरहेको छ भने चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रति ताेला ८ सय ९० रुपैयाँमा काराेबार भइरहेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार