मलेसिया बाट घर फर्कनेहरुका लागि आयो यस्तो सूचना !



काठमाण्डौ | मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने भएका छन् ।मलेसियामा रहेको नेपाली दूतावासले फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने बताएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अवस्था छ । चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।

यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् । भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनुरोध गरी पास लिन सकिन्छ । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार