काेराेना नेपालमा कसैलाई लागेको छैन डराउन पर्दैन : डा.गेलाल



ललितपुर | जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले काेराेना भाइरस अहिले चर्चामा भए जस्तो डरलाग्दो महामारी नभएको बताउनुभएको छ । ललितपुर महानगरपालिकामा दादुरा रुबेला खाेप अभियान सम्बन्धि नगरस्तरीय खाेप समन्वय समितिकाे अभिमुखीकरण कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हाे । “नेपालमा जसरि प्रचार भएको छ याे त्यस्तो हैन यसलाई आवश्यकता भन्दा बढी प्रचार गरियाे र डरत्रास फैल्याउने काम भयो “डाक्टर गेलाल भन्नुहुन्छ । डाक्टर गेलालका अनुसार याे राेग अहिलेसम्म १ देखि ९ वर्षसम्मका बालबालिकामा देखिएको छैन र याे राेगबाट मृत्युु हुनेहरु पहिल्यैदेखि कुनै न कुनै राेगबाट ग्रसित भएको पाइएको छ । डाक्टर गेलाल भन्नुहुन्छ काेराेनालाइ महामारीकाे रुपमा लिनुभन्दा यसलाई सामान्य माैसमी फ्लुकाे रुपमा लिएर सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । अभिमुखीकरण कार्यक्रममा सहभागी मेयर ,वडाअध्यक्ष लगायत सहभागीलाई डाक्टर गेलालले काेराेना बारे प्रष्ट पार्दै सचेत गराउनु भएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार