दुबई र मलेसिया सहित यी ५ देशमा हवाई उडान



काठमाडौ : सरकारले पहिलो चरणमा भारत सहित चार देशमा हवाई अनुमती दिए संगै अब भने नेपाली कामदार धेरै रहेका मलेदिया सहित खाडिका अन्य देशमा हवाई अनुमती दिने तयारी गरेको छ ।नागरिक उड्डयन प्राधिकरणको एक उच्च अधिकारीका अनुसार दुबै, मलेसिया र साउदी अरब लगायत देशमा नेपाली कामदारहरुले भोगेका दुखलाई मध्यनजर गर्दै नियमित उडान गर्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।

त्यसैले सरकारले हप्ताको एक दिन श्रम स्वीकृति दिने काम समेत सुरु गरेको हुनाले अबको केही दिनमै नेपालीहरु रोजगारीको लागि गएका देशहरूमा हवाइ उडान पुनः सुचारु गर्ने गरि योजना बनेको बताएका छन् ।यता नेपालमा पनि क्रमिक रुपमा कोरो’ना संक्र’मणको दर घटिरहेको हुँदा रोजगारका लागि नेपाली गएका देशहरुमा हवाई उडान सुचारु गर्नसक्ने अनुमान गरिएको छ ।

दुबई , मलेसिया र साउदिमा नेपालीहर्ज नेपाल फर्कन नपाएर समस्यामा परेको समाचार बाहिरिए संगै सरकार ले यी देशमा हवाई उडान सुचारु गर्न लागिएको स्रोतले जनाएको छ ।

यस अघि भारत, चिन, कतार र टर्किमा नियमित उडान गर्ने घोषणा गरेको सरकारले अब भने युएई, ओमान, मलेसिया,साउदी अरेबिया लगायत ९ वटा देशमा पनि नियमित उडान गर्ने तयारी गरेको एक उच्च अधिकारीले बताए ।उडानको अनुमती कहिले घो’षणा गर्ने र उडानको मिति अझै तय नभए पनि स्रोतका अनुसार छिटोभन्दा छिटो सरकारले घोषणा गर्ने तयारी गरेको बताउछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार