ट्विटरकाे ट्रेण्डिङ्गमा ईपीएस पिडितकाे मुद्दा, कहिले हाेला सरकारबाट सम्बाेधन !



काेरियन भाषा पास गरेर सबै प्रक्रिया पूरा गरेर पनि काेरिया जान नपाएका नेपाली युवाहरूले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान सुरुवात गरेका छन । उनिहरुले काेरिया जाने प्रक्रिया तत्काल सुरुवात गर्न माग गर्दै सुरुवात गरेको ह्यासट्याग जस्टिस फर इपिएस पासर (#justiceforepspasser) अहिले टुइटरकाे ट्रेण्डिङ्गमा छ । सुरुवात गरेको केही समयमै ११ हजार चार सयभन्दा बढिले ट्विट गरिसकेका छन ।

सबै प्रक्रिया पुरा गरेर पनि काेरिया जान नपाएका करिब १२ हजार भन्दा बढी युवाहरूले यसअघि प्रधानमन्त्रीकाे समेत ध्यानाकर्षण गराई सकेका छन । पछिल्लो समय ईपीएस शाखा ग्वार्काे पुगेर समेत गुनासो राखेका पिडित युवाहरू लकडाउनकाे कारण बाहिर निसक्न सम्भव नभएपछि सामाजिक सञ्जालबाटै दबाबमूलक कार्यक्रम गर्दै आएका छन ।

यसअघि पटकपटक विभिन्न दबाबमूलक कार्यक्रम गरेका ईपीएस पिडित युवाहरू अन्य मुलुकबाट काेरियाले कामदार भित्र्याई रहँदा समेत नेपाल सरकारले कुनै पहल नगरेका कारण नेपाली युवा काेरिया जान नपाएको गुनासो गर्छन् । सरकारले पहल गरिदिने हाे भने राेजगारीकाे लागि आकर्षक गन्तव्य बनेको काेरियाले नेपाली कामदार भित्र्याउने उनिहरुकाे दाबी छ । दबाबमूलक कार्यक्रम भइरहँदा सरकारले भने पहल भइरहेको बताएको छ यद्यपि सार्थकता भने पाउन सकिरहेको छैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार