संविधान जारी हुँदा दीपावली गर्ने र नाकाबन्दी गर्नेको घाँटी कसरी जोडियो ? : बाबुराम भट्टराई



जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा लए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भनि उनीहरूलाई प्रश्न गरेका छन् ।

भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम भए भन्ने प्रश्न पनि गरेका छन् । उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएको र दुबैको मुकुण्डो उत्रिएको बताएका हुन्।

‘यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त?,’ उनले ट्वीट गरेका छन्।

यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार