राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा, आजै सपथ (मन्त्रीको सूचीसहित)



काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जसपाले आफ्ना तर्फबाट मन्त्री हुनेहरूको नाम समेत ढुंगो लगाइसकेको छ । जसपाका नेताहरूले शुक्रबार साँझसम्ममा शपथ लिनेछन ।

जसपाबाट १० जना सरकारमा सहभागी हुने निश्चित भएको छ । मधेशको माग पूरा भएकाले सरकारमा सहभागी हुने निर्णयमा पुगेको जसपाका नेताहरूले बताएका छन । दैनिकीलाइ प्राप्त सूचना अनुसार जसपबाट राजेन्द्र महतो सहरीविकास मन्त्री हुनुहुनेछ । अन्यको मन्त्रालयको टुंगो केहीबेरमा लाग्नेछ ।

त्यस्तै शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, अक्वाल अहमद, चन्दा चाैधरी, रेनुका गुरूङ, चन्द्रकान्त चाैधरी रहेका छन । सर्वेन्द्रनाथ शुक्लले मन्त्री हुन चाहेको खण्डमा अर्को एक जनालाइ पछि हटाएर उहाँलाइ मन्त्री बनाउने तयारी भएको जसपाश्रोतले जनाएको छ । जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुन लागेको हो । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नविनयुक्त मन्त्रीहरूले सपथ लिनेछन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार