खाडादेवी गाउपालिकाका स्वास्थ्यचाैकीलाई नेता राजनारायण श्रेष्ठ गरे स्वास्थ्य सामग्री सहयोग !



काेराेना भाइरसकाे दाेस्राे भेरियन्टकाे महामारीले देश यतिबेला आक्रान्त छ । काेराेना महामारीबाट बच्न विभिन्न स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ । यसैबीच रामेछाप काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले रामेछापको खाँडादेवी गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

श्रेष्ठले काेराेना महामारीको प्रकाेप कम गर्न आवश्यक स्वास्थ्य सामग्री वडा नम्बर ३ मा रहेको सामुदायिक स्वास्थ्य इकाई भिरपानी,भिरपानी स्वास्थ्य चाैकी, त्यसैगरि वडा नम्बर ४ अन्तर्गतको खाडादेवी आधारभूत स्वास्थ्य चाैकी (भिमसेनस्थान), र वडा नम्बर ५ अन्तर्गतको स्वास्थ्य चाैकी भाेटेचाैरलाई हस्तान्तरण गर्नुभएको छ ।

श्रेष्ठले १० लिटर क्षमताको अक्सिजन सिलिन्डर ११ वटा,१० लिएर क्षमताकै अक्सिजन कन्सन्ट्रेटर ३ वटा, पिपिई 8 पिस र मास्क सहयोग गर्नुभएको हाे । राजनारायण श्रेष्ठले दिनुभएको उक्त सहयोग नेपाली कांग्रेसका वडा इकाई सभापतिहरु दानकाजी श्रेष्ठ, बालकृष्ण कार्की र सूर्य श्रेष्ठले हस्तान्तरण गर्नुभएको नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय काेषाध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । जनतालाई अप्ठ्यारो पर्दा सहयोग गर्नु राजनीतिकर्मीकाे दायित्व हुने भएकोले आफुले आफ्नो दायित्व पूरा गरेको सभापति श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार